असार २४, २०८२ मंगलबार July 8, 2025

मौलिक संस्कृति बिर्सिने होइन, विश्वव्यापी बनाउने हो : प्रधानमन्त्री

नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ ।

गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो ।

“हामीसँग अनेकौँ साँस्कृतिक विविधता र मौलिक संस्कृति छन् । त्यसलाई बिर्सिने होईन, विश्वव्यापी बनाउने हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गमस्थल रहेकोसमेत उल्लेख गर्नुहुँदै त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्न सक्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्व सुदूरपश्चिम र कर्णालीको मौलिक चाँड रहेको बताउँदै यसले एकता र भातृत्वको सन्देश दिएको बताउनुभयो ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौरापर्वले आत्मअनुशासन, मर्यादा, सद्भाव र आत्मियताको सन्देश बोकेको बताउँदै सबैले त्यसलाई व्यवहारमा पनि त्यो देखाउन सक्नुपर्ने बताउनुभयो ।

वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले सुदूरपश्चिम क्षेत्रमा निकै सम्मान र आत्मियताका साथ गौरापर्व मनाउने गरेको उल्लेख गर्दै राष्ट्रिय एकता र सद्भावका लागि यो पर्वले भूमिका खेल्ने बताउनुभयो । मुलुकका हरेक चाडवाड र पर्वहरूले राष्ट्रियता एकतालाई अझ मजबुद बनाउने उहाँको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्री डा भीमबहादुर रावलले गौरापर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सुख, शान्ति, समृद्धिको कामना गर्नुभयो ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वमा भगवान् शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले आज टुँडिखेलमा गौरापर्व मनाएका छन् । सो अवसरमा टुँडिखेलमा सुदूरपश्चिम र कर्णाली क्षेत्रका मौलिक नाँचगान गरी पर्व मनाइएको हो । डेउडा खेलेर, फाग तथा धमारी गाएर गौरा मनाइएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार