असार ३१, २०८२ मंगलबार July 15, 2025

भलिवलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त

प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो ।

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह  गर्दै आएका थिए ।

यस्तै भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ति दिएका हुन् । नियुक्ति पत्र बुझाउदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार