असार २८, २०८२ शनिबार July 12, 2025

फ्रान्सका राष्ट्रपति म्याक्रोँ नयाँ प्रधानमन्त्री नियुक्त गर्ने दबाबमा, सोमबार ले–पेनसँग छलफल

कूल ५७७ सिट क्षमताको संसद्मा बहुमतका लागि २८९ जनाको आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस, १० भदौ । फ्रान्समा गत जुलाईमा भएको संसदीय निर्वाचनपछि प्रधानमन्त्रीको नाम घोषणा गर्न दबाब बढिरहेका बेला राष्ट्रपति इमानुएल म्याक्रोँले सोमबार दुर्लभ वार्ताका लागि अति दक्षिणपन्थी समूहका मरीन ले पेनसँग छलफल गरेका छन् ।

नेसनल र्‍याली (आरएन) पार्टीका प्रमुख जोर्डन बर्डेलाको साथमा ले पेन पेरिसको स्थानीय समय अनुसार सोमबार बिहान ०८ः४५ मा राष्ट्रपतिको कार्यालयमा पछाडिको गेट हुँदै प्रवेश गरेका थिए ।

मध्यमार्गी म्याक्रोंले गत महिना आह्वान गरेको मध्यावधि निर्वाचनले फ्रान्सलाई सन् २०२२ देखि अल्पमतको सरकार चलाइरहेको त्रिशङ्कु संसद्को गतिरोधबाट मुक्त गर्न असफल भएको थियो ।

मुख्यतया तीन समूहमा विभाजित नेशनल एसेम्ब्ली (तल्लो सदन) मा १९० भन्दा बढी सीटहरूको साथ वामपन्थी दलहरूको न्यू पपुलर फ्रन्ट (एनएफपी) गठबन्धन पहिलो शक्ति, त्यसपछि दोस्रोमा राष्ट्रपतिका समर्थक दलहरूको गठबन्धनको १६० र अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली १४० सीटसहित तेस्रो स्थानमा रहेका छन् ।

कूल ५७७ सिट क्षमताको संसद्मा बहुमतका लागि २८९ जनाको आवश्यकता पर्छ ।

जुलाई ७ मा दोस्रो चरणको निर्वाचन सम्पन्न भएदेखि नै बामपन्थीहरुले म्याक्रोँलाई सबैभन्दा ठूलो शक्तिका रूपमा आफ्नो एक जनालाई प्रधानमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

उनीहरूले ३७ वर्षीय अर्थशास्त्री तथा सरकारी कर्मचारी लुसी कास्टेट्सलाई सरकार प्रमुखको सम्भावित उम्मेदवारका रुपमा अघि सारेका छन् ।

म्याक्रोँले कामचलाउ सरकारलाई लामो समय सरकार चलाउने अवसर दिँदै नयाँ प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् । उनले विश्वासको मतमा तत्काल अपदस्थ नहुने व्यापक समर्थन भएको व्यक्तिलाई सरकारमा ल्याउन खोजिरहेको देखिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार