असार ३१, २०८२ मंगलबार July 15, 2025

आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबलमा निष्ट, इनोभेटिभ र गेट वे विजयी

प्रतियोगितामा सवैभन्दा वढी भक्तपुरबाट २१, काठमाडौंबाट नौ, ललितपुरबाट पाँंच र काभ्रेबाट एउटा स्कुलले सहभागिता जनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, भदौ १२/एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा बुधबार सम्पन्न भएको आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटवल प्रतियोगिता २०८१ का विजयी विद्यालयका टिमहरु पुरस्कृत भएका छन् । प्रतियोगितामा निष्ट, इनोभेटिभ र गेट वे स्कुल विजयी भए् ।

जुनियर गल्र्समा निष्ट स्कुल लोकन्थली भक्तपुर, जुनियर व्वाइजमा इनोभेटिभ इगलिश स्कुल काठमाडौं, सिनियर गल्र्समा निष्ट स्कुल लोकन्थली भक्तपुर र सिनियर व्याइजमा गेट वे स्कुल पेप्सिकोला विजयी भएका हुन् । बुधबार भएको फाइनल खेलमा जुनियर गल्र्समा ब्रम्हकुञ्ज काठमाडौंलाई हराई निष्ट, जुनियर व्याइजमा ज्ञान निकेटन काठमाडौंलाई हराई इनोभेटिभ, सिनियर गल्र्समा इनोभेटिभलाई हराई निष्ट र सिनियर व्याइजमा अक्षरिका सेकेण्डरी स्कुल पेप्सीकोलाई हराई गेट वे विजयी हुन सफल भएको हो ।

एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटवल प्रतियोगिता २०८१ भएको थियो । प्रतियोगिता आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे गरी चार वटा जिल्लाका विभिन्न स्कुलका टिमहरु सहभागी भएको जानकारी गराए । उनका अनुसार प्रतियोगितामा सवैभन्दा वढी भक्तपुरबाट २१, काठमाडौंबाट नौ, ललितपुरबाट पाँंच र काभ्रेबाट एउटा स्कुलले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजयी टिमहरुलाई बुधबार नै मेडल, टफी तथा प्रमाणपत्र वितरण गरियो । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले मेडल टफी तथा प्रमाणपत्र वितरण गरेकी हुन् । कार्यक्रममा अनुशाशित टिमलाई पनि पुरस्कार वितरण गरिएको थियो । अनुशाशित टिममा जुनियर गल्र्सतर्फ मोर्डन स्कुल दधिकोट भक्तपुर, जुनियर व्याइजतर्फ ग्लाड स्टोन एकेडेमी मध्यपुर थिमि भक्तपुर, सिनियर गल्र्सतर्फ चाणक्य सेकेण्डरी स्कुल नयाँं थिमि भक्तपुर र सिनियर व्याइजतर्फ दिव्य दीप ज्योति सेकेण्डरी स्कुल टिम घोषित भए । कार्यक्रममा उत्कृष्ट खेलाडी तथा रनर अप टिमलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिता भदौ १ गतेबाट सुरु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया