काठमाडौँ । उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ ।
२७ बर्षिय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए ।
खेलको ८४औं मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्याइएको थियो । अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु भएको जानकारी दिएको छ ।
जुआनको निधन भएको खबरपछि उरुग्वेको फुटबल फेडेरेसनले यो खबर अत्यन्त दुखद भएको उल्लेख गरेको छ । एसोसियसनले अहिले दक्षिण अमेरिकी फुटबल दुखमा रहेको उल्लेख गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया