श्रावण १, २०८२ बिहिबार July 17, 2025

अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने बताएका छन् ।

अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पूर्वाधार भएकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारीका लागि जनस्तरबाट निगरानी हुनुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए ।

बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताए ।

‘६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतको यो अस्पताल भवन बुटवलकै ठूलो गेमचेन्जर आयोजना हो,यसको गुणस्तरमा कुनै प्रश्न आउनुहुँदैन,’निर्माण कम्पनलाई इंगित गर्दै पौडेलले भने, ‘छिटो काम सक्ने नाममा गुणस्तरमा सम्झौता गर्न पाइँदैन, निर्धारित समयभित्र तोकेको गुणस्तरमा कम्प्रोमाइज नगरी काम गर्नुहोला ।’

उनले अस्पतालको भवन निर्माण सँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा थालेर भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एक साथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए । ‘भवन मात्र निर्माण गरेर हुँदैन, जनशक्ति व्यवस्थापनका लागि पनि ओएनएम प्रक्रिया सँगै थालेर भवन बने लगत्तै सबै सेवा सञ्चालन गर्ने गरी अहिल्यैबाट काममा लाग्नुपर्छ,’ पौडेलले भने, ‘यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ, संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।’

१२ सय शैय्याको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार