असार ३१, २०८२ मंगलबार July 15, 2025

पलेशाले जितिन् पारालिम्पिकमा ऐतिहासिक काश्य पदक

क्वार्टरफाइनलमा पलेशा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध १०-८ ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिक ऐतिहासिक काश्य पदक जितेकी छन् ।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।  तर, क्वार्टरफाइनलमा पलेशा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध १०-८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन्। जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी काश्य पदकका लागि नजिक पुगेकी थिइन् ।  त्यसपछि उनले काश्य पदकको प्रतिष्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई पराजित गरेर काश्य पदक जितेकी थिइन् ।

पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार