असार ३१, २०८२ मंगलबार July 15, 2025

इंग्लिस प्रिमियर लिगमा हालान्डको लगातार दोस्रो ह्याट्रिक

वेस्ट ह्यामलाई ३–१ ले हराँउदै म्यानचेस्टर सिटी बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः इर्लिङ हालान्डको लगातार दोस्रो ह्याट्रिकको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको छ । नर्वेली खेलाडीले खेलको १०, ३० र ८३ औं मिनेटमा गोल गरे ।

वेस्ट ह्यामबाट सम्भव भएको एक गोल पछि रुबेन डियासको नाममा आत्मघाती रह्यो । इपस्विच टाउनविरुद्धको लिगको पछिल्लो खेलमा पनि हालान्डले ह्याट्रिक गरेका थिए ।

लिगमा सिटीको यो लगातार तेस्रो जित हो र उसले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्यो । शनिबारका अन्य खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१, बर्नमाउथले एभरटनलाई ३–२ र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–१ ले हरायो ।

यस्तै आर्सनल र ब्राइटन, इपस्विच टाउन र फुलहम र नटिंघम फरेस्ट र उल्भ्सले समान १–१ को बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा
२०८२ असार ३१, मंगलबार
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
२०८२ असार ३१, मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो (सूची हेर्नुहोस्)
२०८२ असार ३१, मंगलबार
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार