असार २६, २०८२ बिहिबार July 10, 2025

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गर्नुभएको थियो । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक संकलन गरेर प्रयोग गरिएको थिएन। पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिए। पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया