काठमाडाैं, १७ भदौ । नेपाल शिक्षक महासंघले दसैँपछि देशव्यापी आन्दाेलन गर्ने भएकाे छ। शिक्षक-कर्मचारीकाे मागमा सरकारले सहमति जनाएर पनि कार्यान्वयन नगरेकाे भन्दै महासंघले दबाबपूर्ण आन्दाेलन गर्ने निर्णय गरेकाे हाे।
आन्दोलनकै तयारीका लागि यही भदौ १३ र १४ गते काठमाडौँमा महासंघमा आबद्धसंबद्ध घटकको बैठक बसेको थियो। उक्त बैठकले शिक्षक-कर्मचारीकाे माग कार्यान्वयन र शिक्षा ऐन जारी गर्न आन्दाेलन गर्ने निर्णय गरेकाे संस्थागत विद्यालय शिक्षक युनियन,राष्ट्रिय समिति (ईस्टू) का कार्यवाहक महासचिव भूपाल उप्रेतीले जानकारी दिए।
उनले भने,‘शिक्षक-कर्मचारीका समस्या समाधान गर्न सरकारले नै गरेकाे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी गर्न दबाब स्वरूप आन्दोलन गर्ने घोषणा भएकाे छ। दसैँपछि आन्दाेलन गर्ने कुरा भयाे। आन्दाेलनकाे माेडालिटीबारे छलफल पनि हुँदैछ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया