असार २६, २०८२ बिहिबार July 10, 2025

ट्रम्पलाई सजाय राष्ट्रपति निर्वाचनपछि सुनाइने

राष्ट्रपति निर्वाचनलाई प्रभवित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ, २२ भदौ । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनी आपराधिक मुद्दामा सुनाइने भनेको सजाय नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ ।

न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ सम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत हुन् । यस प्रकरणमा उनको सजायको घोषणाको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो, तर राष्ट्रपति निर्वाचनलाई प्रभवित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरेका थिए ।

मे महिनामा, न्यूयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो । अमेरिकामा पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलो पटक हो । न्यायाधीशले यो निर्णयमा अमेरिकी चुनावले कुनै असर नपरोस् भन्ने निर्णय गर्नुपर्ने पनि बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया