असार १३, २०८३ शनिबार June 27, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता कतारको राजधानी दोहामा हिजोदेखि नै फेरि शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेट हुँदैछ ।

यो भेटले गाजामा चलिरहेको २१ महिनाको युद्ध अन्त्यको आशा जगाएको समाचार संस्था अलजजिराले जनाएको छ । तर विश्लेषकहरुले यसको दीर्घकालीन सफलताप्रति आशङ्का व्यक्त गरेका छन् ।

यो वर्ष तेस्रोपटक नेतन्याहू र ट्रम्पबीच भेट हुन लागेको हो । गएको हप्ता ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविरामको सर्त स्वीकार गरेको दाबी गरेका थिए । उनले यो युद्धविरामबाट दीर्घकालीन शान्तिको बाटो खुल्ने विश्वाससमेत व्यक्त गरेका थिए ।

यसैबीच इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता कतारको राजधानी दोहामा हिजोदेखि नै फेरि शुरु भएको छ ।

यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका प्रस्थानअघि शुरु भएको हो । कतार यस द्वन्द्वमा एक प्रमुख मध्यस्थ राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ ।

एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा शुरु हुने वार्ताले सम्भावित युद्धविरामका शर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका फेरि खोल्ने विषयमा केन्द्रित रहनेछ । पछिल्लो समय गाजामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार १३, शनिबार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
रास्वपा सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी विजयी
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार