असार २७, २०८२ शुक्रबार July 11, 2025

आर्थिक सुधारको आधार बन्दै : ढकाल

सार्वजनिक–निजी साझेदारीमा थप जोड दिन आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमााण्डौः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको र यसलाई सरकार निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारको सहकार्यमा प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार महासङ्घको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा उहाँले सरकारले पनि निजी क्षेत्रका सुझाव सुनेर नयाँ पुस्ताको सुधार अगाडि बढाइरहेको औँल्याउनुभएको छ ।

ढकालले महासङ्घ र आइएफसी मिलेर स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायको प्रतिस्पर्धात्मक क्षमता सुधार्न काम गर्न सक्ने जानकारी पनि गराउनुभयो । ढकालले आइएफसीसँगको सहकार्यमा महासङ्घले निजी क्षेत्रको वातावरणीय सामाजिक तथा सुशासनसम्बन्धी कार्यक्रम ल्याउन प्रयास गरिरहेको पनि बताउनुभयो । “अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासङ्घको स्थानीय व्यावसायिक समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा महत्वपूर्ण प्रगति गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

भेटका क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीमा थप जोड दिन आवश्यक रहेको बताउनुभयो । फाखौरीले नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसर पनि रहेको बताउनुभयो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार