असार १०, २०८३ बुधबार June 24, 2026

जनसङ्ख्या वितरणमा असन्तुलन, सहर मोहले रित्तिँदै गाउँ

जनसङ्ख्या सहरकेन्द्रित हुँदा गाउँपालिकामा  जनसङ्ख्या रित्तिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २१ गते  । नेपालको जनसङ्ख्या गाउँपालिकामा ओरालो र नगरपालिकामा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । व्यक्तिको सहर मोहले गर्दा गाउँपालिकामा भन्दा नगरपालिकामा जनसङ्ख्या बढ्ने क्रम तीव्र बन्दै गएको हो । जनसङ्ख्या सहरकेन्द्रित हुँदा गाउँपालिकामा  जनसङ्ख्या रित्तिँदै गएका छन् भने नगरपालिकामा पूर्वाधारले नथेग्ने गरी जनसङ्ख्या भरिने  क्रम तीव्र छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँपालिकाको तुलनामा नगरपालिकामा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाइएको छ ।

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण (साबिकका गाउँ विकास समिति हालको गाउँपालिका क्षेत्रमा) बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा  झरेको छ भने नगरपालिकामा क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

नगरपालिकामा केन्द्रित जनसङ्ख्यामध्ये २६.१ प्रतिशत साना आकारका नगरपालिकामा बसोबास गरिरहेको देखिएको छ । त्यस्तै ५९.४ प्रतिशत जनसङ्ख्या मध्यम आकारको नगरपालिकामा र १४.४ प्रतिशत मात्र महानगरपालिका (काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र वीरगन्ज) मा बसोबास गर्दै आएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले व्यक्तिको सहरकेन्द्रित मोहले गर्दा गाउँमा जनसङ्ख्या रित्तिँदै गएको र सहरमा भरिने क्रम तीव्र बन्दै गएको बताउनुभयो । असन्तुलित जनसङ्ख्याको वितरणले गर्दा विकास र उत्पादनका प्रक्रियामा असन्तुलन कायम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

गाउँमा नै जनसङ्ख्या टिकाउनका लागि सरकारले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अत्यावश्यक सेवा र पूर्वाधारको व्यवस्था गर्दा मात्र गाउँमा र सहरमा जनसङ्ख्या सन्तुलित हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालमा श्रमशक्ति, आर्थिक क्रियाकलाप र राष्ट्रिय जनगणना २०७८ को सूक्ष्म कोरा तथ्याङ्कको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालयले कुल २१ वटा विषयगत प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म १६ वटा प्रतिवेदन सार्वजनिक गरिसकेको जनाइएको छ । बाँकी प्रतिवेदन पनि क्रमिक रूपमा सार्वजनिक गर्दै जाने तयारी तथ्याङ्क कार्यालयको छ । कार्यालयले २०७८ सालमा राष्ट्रिय जनगणना सम्पन्न गरेको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार