काठमाडौं । क्रोएसियाले फिफा विश्वकप २०२६ मा नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ ।
बुधबार बिहान भएको खेलमा पनामालाई १–० गोलले पराजित गर्दै क्रोएसियाले महत्वपूर्ण तीन अंक जोडेको हो ।
क्रोएसियाको जितमा एन्टे बुडिमिरले ५४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै समूहको नकआउट समीकरण थप रोचक बनेको छ । इंग्ल्याण्ड, घाना र क्रोएसियाबीच अन्तिम दुई स्थानका लागि प्रतिस्पर्धा हुने भएको छ ।
घानाले इंग्ल्याण्डलाई बराबरीमा रोकेपछि दुवै टोलीको समान चार–चार अंक रहेको छ । गोलअन्तरका आधारमा इंग्ल्याण्ड शीर्ष तथा घाना दोस्रो स्थानमा छ ।
अब अन्तिम खेलमा इंग्ल्याण्डले पनामासँग तथा क्रोएसियाले घानासँग प्रतिस्पर्धा गर्नेछ । यी खेलको नतिजाले नकआउट चरणमा पुग्ने दुई टोलीको टुंगो लगाउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया