असार २६, २०८२ बिहिबार July 10, 2025

धमाधम विद्यार्थी बेहोस हुन थालेपछि कक्षा बन्द

तीन दिन अघिदेखि भने २५ भन्दा बढी विद्यार्थीमा समस्या देखिएपछि कक्षाको पठनपाठन रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा, भदौ २५ गते।  अचानक विद्यार्थी बेहोस हुन थालेपछि सुनकोशी गाउँपालिका-५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काम्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेपछि विद्यार्थीलाई बिदा दिइएको हो।

blogसुरुमा एक–दुई जना विद्यार्थीमा मात्रै यस्तो समस्या देखिए पनि तीन दिन अघिदेखि भने २५ भन्दा बढी विद्यार्थीमा समस्या देखिएपछि कक्षाको पठनपाठन नै बन्द गर्नुपरेको प्रधानाध्यापक कमलबहादुर कटवालले जानकारी दिनुभयो।

‘अचानक विद्यार्थी रुने, कराउने, चिच्याउने, लड्ने, बेहोस हुने जस्ता समस्या देखापरे।  बिरामी भएका विद्यार्थीबाट अरुमा पनि सर्ने क्रम बढेपछि हामीले समाधानको उपाय खोज्न दुई दिनका लागि कक्षा ८, ९ र १० को पठनपाठन बन्द गरेका छौँ’, प्रधानाध्यापक कटवालले बताउनुभयो।

अभिभावकबाट धार्मिक पूजापाठसहित लामा पढाउनुपर्ने सुझाव आए पनि आफूहरुले गाउँपालिकालाई मनोपरामर्शका लागि पहल गरिदिन भनेको प्रधानाध्यापक कटवालको भनाइ छ।  कक्षा ८, ९ र १० बाहेक अन्य नर्सरीदेखि कक्षा ७ साथै कक्षा ११ र १२ तथा प्राविधिक धारतर्फका विद्यार्थीमा यस्तो समस्या नदेखिएको विद्यालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया