असार २६, २०८२ बिहिबार July 10, 2025

भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हनोई (भियतनाम), भदौ २५ गते । समाचार तयार पार्दासम्म भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागीसँगै आएको बाढी र पहिरोमा परी ६५ जनाको मृत्यु हुनुका साथै ३९ जना बेपत्ता भएको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

चक्रवातका कारण ७५२ जना घाइते भएको जनाइएको छ । मङ्गलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्डलाई पार गरेको स्थानीय समाचार माध्यमले जनाएको छ ।

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।  हनोईको “रेड नदी” को बढ्दो जलस्तरले सोमबारदेखि सहरका विभिन्न क्षेत्रमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले टाइफुनबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न सन् २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्याउने निर्णय गर्नुभएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया