असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपतिसमक्ष विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

म्यानमार, अष्ट्रेलिया, फ्रान्सका आवासीय र जाम्बियाका गैरआवासीय राजदूतले बुझाए प्रमाणपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि म्यानमार, अष्ट्रेलिया, फ्रान्सका आवासीय र जाम्बियाका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति पौडेलसमक्ष क्रमशः म्यो मिन्ट माउङ, लीन एलिजाबेथ जोनस्टन, भर्जिनी कोर्टेवल र पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया