जेठ ६, २०८३ बुधबार May 20, 2026

लाओसमा डेङ्गु सङ्क्रमण घट्दै

सबै क्षेत्र र नागरिकलाई सावधानी अपनाउन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वियनतियान, असार २३ गते । लाओसले सन् २०२५ को पहिलो छ महिनामा डेंगु ज्वरोका दुई हजार ६१४ वटा घटना दर्ता गरेको छ, जुन सन् २०२४ को सोही अवधिमा दर्ता भएका पाँच  हजार १९२ घटनाको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

त्यसैगरी, सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म डेंगुज्वरोसँग सम्बन्धित कुनै मृत्यु नभएको जनाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा तीनजनाको मृत्यु भएको थियो ।

लाओसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना तथा स्वास्थ्य शिक्षा केन्द्रद्वारा सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सबैभन्दा धेरै डेंगुका घटना राजधानी वियनतियानमा दर्ता भएका छन्, जहाँ एक हजार ४९५ वटा घटना रिपोर्ट गरिएको थियो । त्यसपछि ओउडोम्साईमा ३३८ र लुआंग नामथा प्रान्तमा २३६ घटना रिपोर्ट भएका छन् ।

लाओसका स्वास्थ्य अधिकारीहरूले वर्षायामको समयमा डेंगुको जोखिम बढ्ने भएकाले सबै क्षेत्र र नागरिकलाई सावधानी अपनाउन आह्वान गरेका छन्। भारी वर्षा र बाढीका कारण लामखुट्टे उत्पन्न हुने र अनुकूल वातावरण बन्ने भएकाले सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो
२०८३ जेठ ६, बुधबार
इरानको कडा चेतावनी : फेरि आक्रमण भए युद्ध मध्यपूर्वभन्दा बाहिर फैलिने
२०८३ जेठ ६, बुधबार
बेइजिङले वासिङ्टनसँग मिलेर पारस्परिक महसुल कटौतीको प्रक्रिया अघि बढाउने
२०८३ जेठ ६, बुधबार
प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर
२०८३ जेठ ६, बुधबार
१३ जनामा औलो सङ्क्रमण पुष्टि
२०८३ जेठ ६, बुधबार
विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण
२०८३ जेठ ६, बुधबार
वन्यजन्तु संरक्षणमा नेपाली सेनाको योगदानको उच्च कदर, विशेष सम्मान प्रदान
२०८३ जेठ ६, बुधबार