कार्तिक ९, २०८३ सोमबार October 26, 2026

लाओसमा डेङ्गु सङ्क्रमण घट्दै

सबै क्षेत्र र नागरिकलाई सावधानी अपनाउन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वियनतियान, असार २३ गते । लाओसले सन् २०२५ को पहिलो छ महिनामा डेंगु ज्वरोका दुई हजार ६१४ वटा घटना दर्ता गरेको छ, जुन सन् २०२४ को सोही अवधिमा दर्ता भएका पाँच  हजार १९२ घटनाको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

त्यसैगरी, सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म डेंगुज्वरोसँग सम्बन्धित कुनै मृत्यु नभएको जनाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा तीनजनाको मृत्यु भएको थियो ।

लाओसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना तथा स्वास्थ्य शिक्षा केन्द्रद्वारा सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सबैभन्दा धेरै डेंगुका घटना राजधानी वियनतियानमा दर्ता भएका छन्, जहाँ एक हजार ४९५ वटा घटना रिपोर्ट गरिएको थियो । त्यसपछि ओउडोम्साईमा ३३८ र लुआंग नामथा प्रान्तमा २३६ घटना रिपोर्ट भएका छन् ।

लाओसका स्वास्थ्य अधिकारीहरूले वर्षायामको समयमा डेंगुको जोखिम बढ्ने भएकाले सबै क्षेत्र र नागरिकलाई सावधानी अपनाउन आह्वान गरेका छन्। भारी वर्षा र बाढीका कारण लामखुट्टे उत्पन्न हुने र अनुकूल वातावरण बन्ने भएकाले सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार