काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएको छ।
स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनी आइतबार काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा भर्ना भएका थिए।
अस्पतालमा उपचाररत खनालको स्वास्थ्य स्थिति अहिले सामान्य बन्दै गएको छ।
उनका स्वकीय सचिव मिलन उपाध्यायका अनुसार नेता खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया