असार २६, २०८२ बिहिबार July 10, 2025

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन

अस्ताए नेपाल-भारत सम्बन्धका जानकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।

यचुरी नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका  थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आएका थिए ।

यचुरी पछिल्लो ३२ बर्षदेखि सिपिएमको पोलिटब्यूरो सदस्य रहेका थिए । उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया