असार २६, २०८२ बिहिबार July 10, 2025

कश्मीरमा विधान सभा निर्वाचन नजिकिँदै गर्दा झडपमा वृद्धि

दश वर्षपछि हुन लागेको पहिलो विधान सभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, भदौ २९ गते । विवादित हिमालय क्षेत्र जम्मु–कश्मीरमा एक दशकमा हुन लागेको विधान सभा निर्वाचनको केही दिनअघि कश्मीरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

भारत प्रशासित कश्मीरमा दश वर्षपछि हुन लागेको पहिलो विधान सभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढेको देखिएको छ ।

“बहादुरको सर्वोच्च बलिदान” लाई श्रद्धाञ्जली दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबिच विभाजित भएको हो र दुवै देशले यसलाई पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् । पैँतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मीर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ ।

सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधान सभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार