इजिप्ट, भदाै ३० गते । इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
साथै अन्य ४९ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४४ घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मन्त्रालयले यसअघि सार्कियाको जागाजिग सहरमा भएको दुर्घटनास्थलमा ३९ वटा एम्बुलेन्सलाई घाइतेको उद्धारका लागि पठाइएको जनाएको थियो ।
शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुईवटा रेलबाट सबै यात्रुलाई बाहिर निकालिएको छ । इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन रेलवे विशेषज्ञहरूको समिति गठन गरिएको बताइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया