असार २६, २०८२ बिहिबार July 10, 2025

म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ बेपत्ता

मोन, केइन र शान राज्यका ६४ वटा टाउनशिपका ४६२ गाउँ र वडाहरू प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्यानमार, भदाै ३० गते । म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।

भारी वर्षाका कारण आएको बाढीले नेपी ताव, बागो, मण्डले र आयेवाडी क्षेत्रका साथै मोन, केइन र शान राज्यका ६४ वटा टाउनशिपका ४६२ गाउँ र वडाहरू प्रभावित भएका छन्।

विपद्ले बाढी प्रभावित क्षेत्रमा २४ पुल, ३ सय ७५ विद्यालय, एउटा गुम्बा, पाँच बाँध, चार प्यागोडा, १४ ट्रान्सफर्मर, ४५६ ल्याम्पपोस्ट र ६५ हजार ७ सय ५९ घर ध्वस्त भएको जनाएको छ । विपद्को प्रतिक्रियामा, नेपी ताव र विभिन्न राज्य र क्षेत्रहरूमा आवश्यक स्वास्थ्य सेवा, खाना र पिउने पानी उपलब्ध गराउन अस्थायी राहत शिविरहरू स्थापना गरिएको छ ।

अधिकारी र उद्धारकर्मीहरूले खोजी र उद्धार कार्य जारी राखेको बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार