असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको चालु अधिवेशन मध्यरातीदेखी अन्त्य हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसद्को चालु अधिवेशन अन्त्यको भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको सिफारिसअनुसार संसद्का दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सङ्घीय संसद्को चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया