असार २६, २०८२ बिहिबार July 10, 2025

फ्रान्सद्वारा विदेशमन्त्री सेजोर्नलाई युरोपेली आयोग आयुक्तका रूपमा सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले सोमबार विदेशमन्त्री स्टेफन सेजोर्नलाई युरोपेली आयोगमा काम गर्ने गरी उहाँको नाम सिफारिस गरेको छ ।

फ्रान्सका अनुभवी युरोपेली आयुक्त थियरी ब्रेटनले सोमबार एक्कासी राजीनामा दिएपछि म्याक्रोँले उक्त स्थानमा सेजोर्नलाई सिफारिस गर्नुभएको हो ।

एलिसी प्यालेसले सोमबार जारी गरेको एक भनिएको छ, “सेजोर्नले ‘सबै आवश्यक मापदण्डहरू पूरा गर्नुभएको छ’।”

युरोपेली संसदमा उदार नवीकरण समूहको नेतृत्व गर्ने आफ्नो अघिल्लो अनुभवलाई उजागर गर्दै राष्ट्रपतिको कार्यालयले भनेको छ, “औद्योगिक र प्राविधिक सार्वभौमिकता र युरोपेली प्रतिस्पर्धात्मकता’ मा ब्रेटनले ध्यान केन्द्रित गरेजस्तै जिम्मेवारी बहन गर्नुपर्नेछ ।”

यसैबीच ब्रसेल्सबाट प्राप्त जानकारी अनुसार, युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले फ्रान्सका शक्तिशाली युरोपेली आयुक्त थियरी ब्रेटनको राजीनामा स्वीकृत गरेको जानकारी गराउनुभएको छ ।

“ईयू प्रमुख भोन डेर लेयनले थियरी ब्रेटनको राजीनामा स्वीकृत गर्नुभएको छ र आयुक्तको रूपमा आफ्नो कार्यकालभर गरेको कामका लागि धन्यवाद दिनुभएको छ,” ईयूका प्रवक्ताले सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार