श्रावण १, २०८२ बिहिबार July 17, 2025

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन पदमा १३ जनाको आवेदन

हालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म छन् ।

डिन पदका प्रा. डा. अभिमन्यु झा, प्रा. डा. मोहनराज शर्मा, प्रा. डा. निरजु रञ्जित, प्रा. डा. रामचन्द्र अधिकारी र प्रा. डा. रमेशसिंह भण्डारी, प्रा. डा. दिनेश काफ्ले आवेदन दिएका छन् । यस्तै प्रा. डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा. डा. मिथा राना र सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठले पनि डिन बन्नका लागि सिफारिस समितिसमक्ष आवेदन दिएका छन् ।

यसैगरी प्रा. डा. संगरत्न बज्राचार्य, प्रा. डा. रत्नमणि गजुरेल, प्रा.डा. दिव्यासिंह शाह र प्रा. डा. सुधा बस्नेतले पनि डिन पदका लागि आवेदन दिएका सिफारिस समिति स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया