असार २६, २०८२ बिहिबार July 10, 2025

हङकङका व्यक्तिलाई ‘देशद्रोही’ टी-शर्ट लगाएको आरोपमा १४ महिनाको सजाय

यस महिनासम्म, दुई सुरक्षा कानुनअन्तर्गत तीन सय ३  जनालाई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत देशद्रोही भएको भन्दै बिहीबार १४ महिनाको जेल सजाय सुनाइएको छ।

२७ वर्षीया चु काई–पोङले सोमबार “देशद्रोही उद्देश्यका साथ काम गरेको“ भन्दै दोषी ठहर गरिएको हो ।

उहाँलाई सन् २०१९ मा सहरको विशाल र हिंसात्मक प्रजातन्त्र समर्थक विरोध प्रदर्शनसँग सम्बन्धित मिति जुन १२ मा विरोधी वाक्यांश भएको टी–शर्ट र मास्क लगाएको आरोपमा पक्राउ गरिएको थियो।

राष्ट्रिय सुरक्षा मुद्दाहरूको सुनुवाइका लागि सरकारले चयन गरेको मुख्य मजिस्ट्रेट भिक्टर सो ले बिहीबार अदालतले अपराधको गम्भीरतामा व्यवस्थापिकाको दृष्टिकोणलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्नुपर्ने बताउनुभयो ।

“अभियुक्तले देशमा अशान्तिलाई पुनः स्थापित गर्ने उद्देश्यले प्रतीकात्मक दिनको फाइदा उठाउनुभयो”, सन् २०१९ को विरोधलाई उल्लेख गर्दै सोले भन्नुभयो ।

बिहीबार एउटा छुट्टै मुद्दामा सोही मजिस्ट्रेटले सार्वजनिक बसको सिटमा विरोध नारा लेखेकोमा देशद्रोही दोषी ठहर गरेपछि एकजनालाई १०  महिनाको जेल सजाय सुनाइयो ।

२९ वर्षीय चुङ मान–किटलाई जुनमा पक्राउ गरिएको थियो र उहाँले प्रहरी समक्ष बसमा विरोधी नारा लेखेको स्वीकार गर्नुभएको थियो ।

देशद्रोही अपराध ब्रिटिस औपनिवेशिक शासन अन्तर्गत सिर्जना गरिएको थियो जुन सन् १९९७ मा समाप्त भयो ।  हङकङका अधिकारीहरूले सन् २०२० मा विरोध प्रदर्शनपछि यसलाई पुनर्जीवित नगरेसम्म यो कानुनलाई विरलै प्रयोग गरिएको थियो ।

बेइजिङले सन् २०२० मा सरकारप्रतिको असहमति रोक्नका लागि सहरमा राष्ट्रिय सुरक्षा कानून लागु गर्याे र मार्चमा ‘धारा २३’ लागु गरियो ।

नयाँ सुरक्षा कानूनले अपराधका अन्य पाँच श्रेणीहरूलाई पनि सजाय दिन्छ: राजद्रोह, विद्रोह, तोडफोड, जासुसी र बाह्य हस्तक्षेप।

यस महिनासम्म, दुई सुरक्षा कानुनअन्तर्गत तीन सय ३  जनालाई पक्राउ गरिएको छ, जसमा १७६ जना विरुद्ध मुद्दा चलाइएको छ भने १६० जनालाई दोषी ठहर गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार