असार २६, २०८२ बिहिबार July 10, 2025

म्यान्मामा बाढीका कारण करीब ३०० व्यक्तिको मृत्यु

एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

याङ्गुन, ४ असोज । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना बेपत्ता भएको म्यान्माको राष्ट्रिय दैनिक ‘द मिरर’ ले शुक्रबार जनाएको छ।

रिपोर्टअनुसार बाढीले म्यान्माका विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको र बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिएको एक प्रतिवेदनले जनाएको छ ।

बाढीले सात लाख ६६ हजार ५८६ हेक्टर बाली डुबानमा पर्नुका साथै एक लाख २९ हजार १५० जनावरको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

यागी नाम दिइएको आँधीका कारण बङ्गालको खाडीमा परेकोे न्यून चापीय प्रभावका कारण म्यान्मामा भारी वर्षा भएको र व्यापक बाढी आएको जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रको सरसफाई, स्वास्थ्य सेवालगायत बाढी पीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार