असार २५, २०८२ बुधबार July 9, 2025

सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण

पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७४१ जना सिप परीक्षामा अनुत्तीर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज ४ गते । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि टोस्रो चरणमा लिइएको भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ९६५ जनामध्ये सिप परीक्षामा आठ हजार १५१ परीक्षार्थी उत्तीर्ण भएका हुन्। दोस्रो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ८१४ जना सिप परीक्षामा अनुत्तीर्ण भए।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको सिप परीक्षाका नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ। सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। पहिलो चरणमा परीक्षामा ४० हजार ५८० जना सहभागी भएकोमा भाषा परीक्षा छ हजार ३२१ जना उत्तीर्ण भएका थिए। पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७४१ जना सिप परीक्षामा अनुत्तीर्ण भएका थिए। यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार भार सयमध्येको हो।

एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ। सो शाखाका दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सिप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशन गरिए‌को हो। आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्ने १० महिना अर्थात् २०८१ पुससम्म लाग्ने सो शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो।

उहाँले भाषा परीक्षाका लागि एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएकोमा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको बताउनुभयो । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ।

दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ मा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकोमा २०२४ को हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् । अन्य देशको तुलनामा नेपाली कम अवैधानिक बस्ने र मेहनती भएको बताउँदै कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार कोटामा १३-२ प्रतिशत थप गरेर १६ हजार चार सय बनाएको छ।

यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि बन. सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लगेको थियो । विगतका वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ। कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ । कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो श्रमिक लैजान हाल रोस्टरमा रहेकाको क्षेत्र परिवर्तन गरेर लैजाने योजना बनाएको शाखाले जनाएको छ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार