असार २६, २०८२ बिहिबार July 10, 2025

सयभन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाका लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, असोज ५ गते । रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेको रूसको रक्षा मन्त्रालयले टेलिग्राम मार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने “ब्लाक सी” प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताउनुभएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाका लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको यहाँले बताउनुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया