मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्वतीय दौड प्रतियोगिता हुने

प्रतियोगितामा प्रथमलाई रु २५ हजार, द्वितीयलाई रु १५ हजार र तृतीय हुनेलाई रु सात हजारुहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की। विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपालको पर्यटकीय राजधानी पोखरामा यही असोज १२ गते पर्वतीय दौड प्रतियोगिता हुने भएको छ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तूप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क लगायतका पर्यटन गन्तव्यको थप प्रवर्द्धनका लागि पुम्दीमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पोखरा क्लिक प्रालिले जनाएको छ।

‘खेलपर्यटन प्रवर्द्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने आठ किमी दौड प्रतियोगिता खुला प्रतिस्पर्धा हो। दौडको रुट विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने कार्यक्रम संयोजक दीननाथ बरालले बताए।

प्रतियोगितामा खुलातर्फ प्रथमलाई रु २५ हजार, द्वितीयलाई रु १५ हजार र तृतीय हुनेलाई रु सात हजारुहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ।

यसैगरी, महिला धावक र १६ वर्षमुनिका बालबालिका, पोखरा–२२ का वडावासी धावकमध्ये उत्कृष्ट एक–एकजनालाई नगद रु सात हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिने बरालले बताए। ‘पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौडमार्फत थप प्रवर्द्धन गर्न लागेका हौँ। खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनका लागिसमेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ,’ उनले भने।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पुम्दीभुम्दीमा पदमार्ग, हाइकिङ र साइक्लिङसमेत उपयुक्त गन्तव्य भएकाले पोखरा क्षेत्रका अन्य वडाहरूलाई समेत जोडेर प्रतियोगिता विस्तार गर्न उनले सुझाव दिए।

परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा आउने करिब ९० प्रतिशत पर्यटक पुम्दीकोट क्षेत्रमा जाने हुँदा यस्ता खेलकुद गतिविधिले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका व्यावसायिक प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलगायतले सुस्ताएको पर्यटन व्यवसाय यस्तै खेल पर्यटन गतिविधिले चलायमान गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे।

आगामी २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रूपमा विविध कार्यक्रम गरी मनाइँदैछ। सोही सन्दर्भ पारेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक बरालले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार