काठमाण्डौः कैलालीमा लागुऔषधसहित शनिबार दुईजना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर–१ को व्यवसाय क्षेत्रका २८ वर्षीय छत्रबहादुर साउद र टीकापुर नगरपालिका–६, नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले तीन ग्राम ७०० मिलिग्राम खैरो हेरोइनसहित दुवैजनालाई पक्राउ गरिएको जानकारी दिएका छन।
साउदको घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया