असार २६, २०८२ बिहिबार July 10, 2025

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

मतदाताको आफूले मत दिएपछिको दोस्रो रोजाईमा सबैभन्दा धेरै परेका उम्मेदवार पनि अनुरा भएपछि विजय घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । श्रीलंकामा शनिबार भएको राष्ट्रपतीयता चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेश्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने विजेता भएका छन् ।

४४ प्रतिशत बढी मत ल्याएका उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले क्रमशः १७ र ३३ प्रतिशत मत ल्याएका छन् । अनुराको सोमबार सपथ हुने भएको अलजजिराले उल्लेख गरेको छ ।

उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ । बीबीसी लगायतका विश्व मिडियाले कुनै उम्मेदवार को ५० प्रतिशत मत नकटेकोले चुनाव ऐतिहासिक रूपमा दोस्रो चरणमा जाने उल्लेख गरेका थिए ।

तर, अलजजिरा र अरु मिडियाले हालसालै सार्वजनिक गरेको समाचारमा मतदाताको आफूले मत दिएपछिको दोस्रो रोजाईमा सबैभन्दा धेरै परेका उम्मेदवार पनि अनुरा भएपछि विजय घोषणा गरिएको बताइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया