असार २६, २०८२ बिहिबार July 10, 2025

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

आजै १५ जना मन्त्रालयका सचिवहरू पनि नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।

श्रीलंकाली अखबार दी आइल्याण्डका अनुसार हिजो दोस्रो चरणको चुनावी गणनामा जानु परेकोले शपथ समारोहमा एक दिन ढिला भएको हो । आजै १५ जना मन्त्रालयका सचिवहरू पनि नियुक्त गरिएको छ ।

भ्रष्टाचारविरोधी अभियान, सन् २०२२ को प्रदर्शनको नेतृत्व र गठबन्धन बनाएर उठेका अनुराले ५७ लाखभन्दा धेरै मत ल्याएर चुनाव जितेका हुन् । सन् २०१९ को चुनावमा भने उनी तेस्रो भएका थिए । त्यो चुनावमा उनले ४ लाख १८ हजार बढी मत ल्याएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया