काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् ।
गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनित गरेका हुन् ।
मनोनित भएका सदस्यहरुमा प्रा.ई.महेश सिंह कठायत, (काठमाडौं), बासु कार्की (काठमाडौं), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा), अस्मिता लामा ‘खुशीमाया’ (लम्जुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुंगा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया