श्रावण ५, २०८२ सोमबार July 21, 2025

सङ्घीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने, गरी संविधान संशोधन हुँदैन – ईश्वर पोखरेल

अहिलेको संकट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भन्नका लागि काँग्रेस एमाले एक ठाउँमा आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुली ।  नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले सङ्घीयता, गणतन्त्र, समावेशितालाई कमजोर बनाउने, गरी संविधान संशोधन नहुने बताएका छन् । संविधान संशोधन गर्न प्रमुख राजनीतिक शक्तिहरू एक हुनुपर्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल सिन्धुलीले सोमबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलन पोखरेलले संविधान संशोधन गर्दा नेपालका सबै राजनीतिक दलहरूसँग सहमति गरेर गर्नुपर्ने बताउनु भयो ।

संविधान संशोधन विशेष गरी शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायपालिकाका विषय, संवैधानिक अङ्गसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचना लगाएका विषयमा संशोधनको आवश्यकता देखिएको बताएका उहाँको भनाई छ ।

नेकपा एमाले र नेपाली काँग्रेस बिच गठबन्धन भएर बनेको सरकारले जनताको भावना अनुसार काम गर्ने भन्दै देशको आवश्यकताले गठबन्धन गर्नु परेको बताउनु भयो ।

पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनु पर्नेमा जोड दिनु भएको छ । एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडी बढ्ने भन्दै देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु नहुने उहाँको भनाई छ । अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउन सक्छ उहाँले भन्नुभयो दुई ठुला देशको बिचमा हामी छौ भन्ने भुल्नु हुँदैन, त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनु पर्छ ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टीपङ्तीलाई अगाडी बढाउने र भएका कमीकमजोरीहरूलाई सुधार गर्ने अभियान नेकपा एमालेले चलाएको उहाँको भनाई छ । ‘अहिलेको संकट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भन्नका लागि काँग्रेस एमाले एक ठाउँमा आएर साझा सहमतिका साथ अगाडी बढेका छौ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले भन्नुभयो अब आउने निर्वाचनमा प्रतिष्पर्धा गदैनौँ भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुदैनौ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार