असार २४, २०८२ मंगलबार July 8, 2025

नागरिक उन्मुक्तिका दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा

बागमती प्रदेशका अध्यक्ष दीप तामाङ, गण्डकी अध्यक्ष राजन गुरुङ र केन्द्रीय सदस्य नवीन थापालाई गरेको कारबाही पनि फुकुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, असोज ८ गते । नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ । सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही फुकुवा गरेको हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गर्नुभएको थियो । झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले बागमती प्रदेश अध्यक्ष दीप तामाङ, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र केन्द्रीय सदस्य नवीन थापालाई गरेको कारबाही पनि फुकुवा गरेको सांसद गङ्गाराम चौधरीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार