श्रावण ५, २०८२ सोमबार July 21, 2025

चार केन्द्रीय सदस्यसहित ८ जनालाई जनमतले सोध्यो स्पष्टीकरण

गुटबन्दी तथा भाँडभैलो गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएका आठ जनामा चार केन्द्रीय सदस्य, तीन साधारण सदस्य र एक पालिका सचिव रहेका छन् । महोत्तरी जलेश्वरको कार्यक्रममा होहल्ला गरी पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख  दीपक साहले जानकारी दिएका छन् ।

जनमतले केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुरलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, जलेश्वर नगरपालिका समितिका सचिव संजित यादव र साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर, महोत्तरीको हलमा भएको जनमत पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा तपसिलको व्यक्तिहरूले होहल्ला गरी कार्यक्रम बिथोल्न गरेको, गुटबन्दी तथा भाँडभैलो गरेको र साथै पार्टीको अहित हुने कार्यमा संलग्न भएको देखिएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क)को उपधारा

१,२,३,४,५,६,१०,११ आकर्षित हुने हुँदा तपाईंहरुलाई साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार