असार २६, २०८२ बिहिबार July 10, 2025

थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने

अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता पाएको छ ।

थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् । मिडिया रिपोर्टका अनुसार राजाको हस्ताक्षरपछि सो कानुनलाई राजपत्रमा समेत प्रकाशित गरिएको छ । अब यो कानुन १२० दिनपछि लागु हुने छ । यो कानुन लागु भएपछि पहिलो कानुनी समलिङ्गी विवाह अर्को वर्षको जनवरीमा हुने भएको छ ।

थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् ।

Monumental step' as Thai king signs same-sex marriage into law | ABS-CBN  Newsगत असारमा थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । थाइल्याण्ड यस्तो कानुन पारित गर्ने एशियाको तेस्रो देश बनेको छ । यस अघि नेपाल र ताइवानमा समलिङ्गी विवाह सम्बन्धि कानुन बनेको थियो ।

यसअघि गत फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया