असार २२, २०८२ आइतबार July 6, 2025

एसइईको आन्तरिक मूल्याङ्कन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन् ।

जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको एकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो । विद्यालयले प्रथम त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको आधारमा आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको नतिजा पठाएका छन्, उहाँले भन्नुभयो, “विद्यालयहरुले पठाएको आन्तरिक मूल्याङ्कनको नतिजा एकीकृत गरेर बोर्डमा पठाउने तयारी भएको छ ।” यस वर्ष जिल्लाका पाँच हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन् ।

जिल्लाका दुई हजार ७२८ छात्र र दुई हजार ९६६ छात्राको आन्तरिक मूल्याङ्कन गरिएको हो । गत चैत ६ गतेदेखि हुने तय भएको एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । लकडाउनका कारण रोकिएको एसइई गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नगर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाटै ग्रेड सिट तयार पार्ने निर्णय गरेको हो । यसैवीच भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनको अवधिमा १३७ जना स्वदेश फर्किएका छन् ।सीमापारि रहेका नेपाली स्वदेश फर्केका हुन् । यस्तै ४३८ भारतीय पेन्सनधारी नेपालीले पेन्सन बुझेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । लकडाउनका कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि तीन दिन शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको थियो ।

नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो । यस्तै नाका खुला भएपछि नेपालबाट २९ भारतीय नागरिक पनि आफ्नो देश फर्केका छन् । भारतबाट पेन्सन बुझ्ने धेरै नागरिकले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाले फेरि नाका खोल्नका लागि भारतीय पक्षलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । पुनः केही दिनका लागि नाका खोल्न जिल्ला प्रशासन कार्यालयले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार