असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल उज्बेकिस्तानसँग ६–० गोल अन्तरले पराजित

दोस्रो हारमा नेपालको छनोटको सम्भावना अत्यन्त न्युन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । एएफसी यु–२० एसियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । दोस्रो हारमा नेपालको छनोटको सम्भावना अत्यन्त न्युन बनेको छ ।

चाइनिज ताइपेइमा जारी छनोट अन्तर्गत बुधबार न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपालको पोस्टमा उज्बेकिस्तानले सहजै आधा दर्जन गोल गर्‍यो ।

उज्बेकिस्तानको यो लगातार दोस्रो जित हो र छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालले तीन खेलबाट मात्र ३ अङ्क बनाएको छ । नेपाल पहिलो खेलमा क्याम्बोडियासँग ४–१ ले हार्दा दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१ ले हराएको थियो । अब नेपाले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

समूह बीमा नेपाल डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडियासँग रहेको छ । सन २०२५ मा हुने एएफसी यु–२० एसियन कपमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ । ४५ राष्ट्रलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र ५ उत्कृष्ट उपविजेता यु–२० एसियन कपमा छनोट हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार