असार २६, २०८२ बिहिबार July 10, 2025

निर्यातभन्दा बढीको इन्धन आयात

नेपालको तुलनामा सीमावर्ती भारतीय बजारमा इन्धनको मूल्यमा कमी भएका कारण पनि पेट्रोलियम पदार्थको आयातमा प्रभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज १० गते । चालु आर्थिक वर्षको दुई महिनामा निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा नेपालबाट २५ अर्ब ५३ करोड १० लाख रुपियाँको निर्यात हुँदा ३६ अर्ब ९७ करोड ६१ लाख २५ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

चालु आवको भदौ महिनामा ११ अर्ब ६५ करोड २० लाख रुपियाँ बराबरको एक लाख २० हजार १३१ किलोलिटर पेट्रोल आयात भएको छ । १३ अर्ब  ६४ करोड ५२ लाख ५० हजार रुपियाँको  एक लाख ४४ हजार ७२४ किलोलिटर डिजेल आयात भएको छ ।

दुई महिनामा दुई अर्ब ६७ करोड ९७ लाख रुपियाँ बराबरको २७ हजार ८०९ किलोलिटर हवाई इन्धन आयात भएको भने १४ करोड २७ लाख रुपियाँ बराबरको एक हजार ४५६ किलोलिटर मटितेल आयात भएको छ । यस्तै दुई महिनामा नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रुपियाँ बराबरको ८८ हजार ५३८ मेट्रिक टन ग्यास आयात भएको छ ।

गत आवको दुई महिनामा ३७ अर्ब २९ करोड ४४ लाख छ हजार रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा ६८ करोड रुपियाँले पेट्रोलियम पदार्थको आयात कमी भएको भएको तथ्याङ्कले देखाएको छ । आन्तरिक बजारमा इन्धनको खपत कम हुँदा आयातमा समेत सामान्य कमी आएको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको काम न्यून हुँदा डिजेलको खपत कमी हुने गर्छ । यस्तै विद्युतीय चुलोको प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा समेत सामान्य कमी देखिएको छ ।

नेपालको तुलनामा सीमावर्ती भारतीय बजारमा इन्धनको मूल्यमा कमी भएका कारण पनि पेट्रोलियम पदार्थको आयातमा प्रभाव परेको बताइएको छ ।

भारतीय बजारको तुलनामा नेपालमा महँगो मूल्य हुँदा आयात धेरै भएर तस्करीमार्फत भारतीय बजारमा जाने गरेको थियो ।  व्यवसायीका अनुसार डिजेलको प्रयोग निर्माणको चरणमा रहेका आयोजना तथा औद्योगिक क्षेत्रमा ४० प्रतिशतले र यातायात र अन्य क्षेत्रमा ६० प्रतिशत हुने गरेको छ ।

पछिल्लो समयमा विद्युत्को प्रयोग बढेका कारणले पनि पेट्रोलियम पदार्थको खपतमा केही ह्रास आएको हुन सक्‍ने अनुमान गरिएको छ । सरकारको घोषित नीति नै विद्युत्को प्रयोग बढाएर पेट्रोलियम पदार्थको खपत घटाउने हो । सहरी क्षेत्रको घरायसी प्रयोजनमा विद्युत्को प्रयोग सामान्य बढेकाले पनि ग्यासको खपतमा कमी आएको बताइएको छ । चाडपर्वमा पेट्रोलियम पदार्थको खपत धेरै हुने हुँदा असोज महिनामा आयात बढ्ने नेपाल आयल निगमले जनाएको छ । दसैँमा धेरै सङ्ख्यामा सवारीसाधन चल्ने हुँदा डिजेलको खपत धेरै हुने गर्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार