असार १३, २०८३ शनिबार June 27, 2026

काठमाडौंमा एक प्रहरी निरिक्षकलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौंमा कार्यरत एक प्रहरी अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा स्थायी घर भएका ती प्रहरी निरिक्षक हाल महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत रहेका थिए । उनको शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ आएको हो ।

उनी कार्यरत बृत्तमा सबैसँग घुलमिल रहेको अन्य प्रहरीको कर्मचारीहरुको पनि पीसीआर टेष्ट गरिने भएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना उपचार केन्द्रको आइसोलेशनमा भर्ना गरिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया