असार २६, २०८२ बिहिबार July 10, 2025

मनसुनी वर्षाले देशभर बाढी र पहिरो

मुख्य राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध, हवाई सेवा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । देशभर अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक यातायात र हवाई सेवा प्रभावित बनेको छ । बंगालको खाडीबाट उत्पन्न जलवाष्पयुक्त हावा र न्यूनचापीय प्रणालीका कारण भएको बदलीले भारी वर्षा हुँदा देशको प्रमुख राजमार्ग शुक्रबार दिनभर अस्तव्यस्त बन्यो ।

निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौंको बाग्मती, विष्णुमती, धोबिखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च तहसम्म पुगेको छ ।

बिहीबारदेखि निरन्तर वर्षा भएसँगै जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकास्थित बाग्मती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खुखोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदीतटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले ललितपुर, मकवानपुर, सर्लाही र रौतहटका नदीतटीय क्षेत्रहरूमा शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबारदेखि शुक्रबार साँझसम्म कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । विभागका अनुसार मधेस प्रदेश, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, गण्डकी र बाग्मती प्रदेशका अधिकांश साना नदीहरूमा बहाव सतर्कता तह आसपास रहेको छ । साथै, आगामी १२ घण्टा देशका विभिन्न नदीमा बाढीको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै, विभागका अनुसार कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । २४ घण्टाको अवधिमा झापाको अनारमणीमा २ सय ३ मिलिमिटर, चन्द्रगढी विमानस्थलमा २ सय ६० मिलिमिटर र इलाममा २ सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । काठमाडौंका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर, बूढानीलकण्ठमा ६५ मिलिमिटर र काठमाडौंका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । ललितपुरको लेलेमा १ सय १५ दशमलव ५ र गोदावरीमा ९३ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

त्यस्तै, कोशी प्रदेशअन्तर्गत झापाका चार स्थान र इलामको एक स्थानमा अति भारी वर्षा भएको छ । महाशाखाले सार्वजनिक गरेको विवरणनुसार झापास्थित चन्द्रगढी विमानस्थलमा ३ सय १ मिलिमिटर, अनारमणी बिर्तामा २ सय ५२ मिलिमिटर, गौरादहमा २ सय ५० दशमलव ४ र केचनामा २ सय ३४ दशमलव ४ तथा इलामको कन्काई मैनाचुलीमा २ सय ९८ दशमलव ६ मिलिमिटर वर्षा भएको हो । मौसमविद्का अनुसार २४ घण्टामा २ सय मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, सय मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

झापामा खोलाले बगाएर ३ जना बेपत्ता

लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।

यसैगरी, गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण खोलामा आएको बाढीले उहाँको खोजीमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । अपराह्न करिब ४:४० बजे सो घटना’bout प्रहरीमा जानकारी आएको थियो । खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

वर्षासँगैको पहिरोले मुख्य राजमार्ग अवरुद्ध

राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा गएको पहिरोले दिनभरजसो अवरुद्ध बन्न पुग्यो । नौबिसे नागढुंगा सडक अवरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिने सवारीसाधन बीचबाटोमै रोकिएका थिए । धादिङको धुनिबेंसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण धादिङको नौबिसे नागढुंगा खण्ड अवरुद्ध भएको थियो । सुरुङमार्गको प्रवेशद्वार अगाडिपट्टि आएको पहिरोबाट झरेको लेदो सडकमा आउँदा शुक्रबार दिनभर यातायातका साधन आवातजावत गर्न कठिन भयो । काठमाडौं प्रवेशद्वारछेवैमा सडक अवरुद्ध हुँदा संघीय राजधानी प्रवेश गर्ने र बाहिरिने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाउन समय लागेपछि काठमाडौं प्रवेश गर्ने साना सवारीले धार्के–सीतापाइलाको सडक प्रयोग गरेका थिए ।

त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमहादेवस्थानको बर्खेटारमा पहिरोले सडक अवरुद्ध बन्न पुगेको थियो । तुवाचुङडाँडा क्षेत्रबाट पहिरो खसेर सडक पुर्दा यातायात अवरुद्ध भएको थियो । सडक अवरुद्धपछि दिक्तेलबाट काठमाडौं, विराटनगर, धरानलगायतका सहर जाने सवारीसाधन अर्खौलेमा र काठमाडौंलगायत अन्य सहरहरूबाट दिक्तेल, भोजपुर जाने सवारीसाधन हलेसीमा रोकिएका थिए ।

साथै, हेटौंडाबाट काठमाडौं भित्रिने छोटो दूरीको वैकल्पिक सडक भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डको सुकौरामा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । त्यस्तै, हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पनि अवरुद्ध भएको थियो । मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित कान्ति लोकपथ सडकखण्डमा वर्षाका कारण माथिबाट पहिरो खसेर सडक अवरोध भएको थियो ।

सडकमा खसेको अवरोध पन्छाउन पनि वर्षाका कारणले समस्या भएको थियो । त्यस्तै, अविरल वर्षासँगै पहिरो खस्दा मनाङको चामे–बेंसीसहर सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ काभ्रेभीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । काभ्रेभीरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेंसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए ।

त्यस्तै, भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहित पहिरो झर्दा कोरिडोर पूर्ण रूपमा बन्द भएको हो । दुई महिनादेखि बन्द रहँदै आएको सो सडकखण्ड बिहीबार मात्रै सञ्चालनमा आएको थियो ।

तर, भारी वर्षाका कारण कोरिडोर अवरुद्ध भएको छ । यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–दोभान खण्डको केराबारीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ मस्याम केराबारीनजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक डिभिजन पाल्पाले सडक खुलाउने प्रयास गरे पनि ठूला ढुंगा हटाउन नसक्दा खुलाउन नसकेको जनाएको छ ।

हवाई सेवा प्रभावित, अधिकांश उडान रद्द

मुलुकका मुख्य विमानस्थलबाट शुक्रबार अधिकांश उडान हुन सकेनन् । श्री एयरलाइन्सले एक–दुईवटा उडान भरेको थियो । बुद्ध एयरले मौसममा बदली भएका कारण शुक्रबारका सबै पर्वतीय उडान रद्द गरेको जनाएको छ । साथै, यती एयरले पाँचवटा उडान भरेको थियो भने कम भिजिबिलिटीका कारण मुख्य विमानस्थलमा हुने अधिकांश उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ ।

वर्षासँगै बादलले आकाश ढाकेका कारण आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । भारी वर्षाका कारण भद्रपुर, विराटनगर, सिमरा, भरतपुर, पोखरा, सुर्खेतमा शुक्रबारका लागि तय नियमित उडान रद्द भएका छन् । प्रवक्ता शेर्पाका अनुसार काठमाडौं विमानस्थलको भिजिबिलिटी (दृश्यता) ३ किलोमिटर हाराहारीमा झरेको छ । हेरेर हुने उडानका लागि ५ किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ ।

विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामो समय होल्ड भएर अवतरण गरेका थिए । क्यानका अनुसार हाल आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

शुक्रबार ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका रहेकामा आन्तरिकतर्फ दुईतर्फी गरेर ३ सयवटा उडान गर्न सातवटा आन्तरिक वायुसेवाको तालिका थियो । बिहान ६ बजेदेखि राति १० बजेसम्म आन्तरिक वायुसेवाले सुगम रुटमा उडान गर्छन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार