काठमाण्डाैंः सरकारले पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज आयल निगम घेराउ गर्दै छ । आयल निगमले शुक्रबार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँले बढाएको प्रति आपत्ति जनाउँदै निगम घेराउ गर्न लागेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
कोरोना भाइरसको महामारीका बेला सर्वसाधारणले राहतको महसुस हुने काम गर्नुपर्नेमा निगमले लुट मचाउने काम गरेको उनको आरोप छ । नेविसंघले आज ११ वजे आयोल निगम घेराउ कार्यक्रम तय गरेको तिमल्सिनाले बताए । बढाइएको मूल्य तुरुन्त फिर्चा नलिए सडक आन्दोलन थाल्ने नेविसंघको तयारी छ ।
मूल्यवृद्धिबारे विद्यार्थीहरुले निरन्तर आवाज उठाउँदै गर्दा पनि सरकारले ध्यान नदिई महामारीको समयमा सर्वसाधारणको ढाड सेक्ने काम गरेकाले मुल्य बृद्धि फिर्ता नगरे सडक आन्दोलन थाल्नुको विकल्प नभएको निष्कर्षमा नेविसंघ पुगेको महामन्त्री तिमल्सिनाले जनाकारी दिए ।
निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८.८८ रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया