काठमाण्डौंः हरियाणाको सोनीपत जिल्लामा शनिबार एउटा घरमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
विस्फोट जिल्लाको खारखोडा क्षेत्रको रिधौ गाउँमा भएको हो ।
यो घर अवैध पटाका कारखानाको रूपमा प्रयोग भइरहेको अधिकारीले जनाएका छन् ।
“हामीले घटनास्थलबाट पटाकामा प्रयोग हुने सामाग्री फेला पारेका छौँ । केही व्यक्तिहरूले सिलिन्डर विस्फोट भएको बताएका छन् । एफएसएल टोलीलाई थप अनुसन्धानका लागि जानकारी गराइएकोे छ,” सोनीपतका सहायक प्रहरी आयुक्त जीत सिंहले मिडियालाई भन्नुभयो ।”
उहाँले थप्नुभयो,“तीनजनाको शव निकालिएको छ भने सातजना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ भने पटाका कारखाना रहेको घरका धनीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया