असार २६, २०८२ बिहिबार July 10, 2025

ज्यान जोखिममा राखेर उद्धार गरे चणिकलाल

उर्लिएको नक्खु खोलमा हेलिएर दुई जनालाई किनारमा ल्याउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ललितपुर–२५, सुगम बस्तीमा फसेका चार जनामध्ये तीन जनाको चणिकलाल तामाङले नदीमा पसेर दुई जनाको उद्धार गर्नुभएको छ । उहाँले आफ्नो ज्यान जोखिममा पारेर सुरक्षा निकायले उद्धार गर्न नसकेका व्यक्तिको उद्धार गर्नुभएको हो । उद्धार गरिएको व्यक्तिलाई पूर्वप्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) अशोक सिंहले तत्काल अस्पतालसम्म पुर्‍याएर जीवन बचाउनुभयो ।

पूर्वडिआइजी सिंहका अनुसार नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा रौतहट घर भई सुगम बस्ती टोलमा बस्ने राजु साह, उहाँकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साह बसेका टहरोलाई नदीले डुबाएको थियो ।

चारैतिर खोलाले घेरेका उनीहरू छानामाथि चढेर उद्धारको याचनासहित केहीबेर हात हल्लाइरहे । केहीबेरमै खोलामा टहरासँगै चारै जनालाई बगाएर लग्यो । कोही पनि खोलमा पसेर उद्धार गर्ने अवस्था भएन । गृहमन्त्री रमेश लेखकले हेलिकोप्टर उडान गर्न नसकेको र सुरक्षाकर्मीले पनि उद्धार गर्न सक्ने अवस्था नरहेको बताउनुभएको थियो तर त्यही बेला काभ्रेपलाञ्चोक तेमाल–९ का चाणिकलाल तामाङ उर्लिएको नक्खु खोलमा हेलिएर दुई जनालाई किनारमा ल्याउन सफल हुनुभयो ।

पेसाले पेन्टरको काम गर्ने चणिकलालले टहरासँगै बगेर दुई सय मिटर तल पुगेका दुई जनालाई उद्धार गरेपछि पूर्वडिआइजी सिंहले गाडीमा राखेर पाटन अस्पताल पुर्‍याई दुई जनाको ज्यान बचाउनुभयो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार