बैसाख ६, २०८२ शनिबार April 19, 2025

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको रु ५० लाख

देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकको राहत सहयोगका लागि कोषमा जम्मा गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकको राहत सहयोगका लागि रु ५० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

प्रवक्ता शाहका अनुसार बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी, आजको बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन आज असोज १५ गते राति १२ बजेदेखि अन्त्य गर्न कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शाहले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार