काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले पिएसजीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा आर्सनलले पिएसजीमाथि २-० को सहज जित हासिल गरेको हो।
आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक एक गोल गरेका थिए। पहिलो खेलमा बराबरीमा रोकिएको आर्सनलको च्याम्पियन्स लिगको यस सिजनमा यो पहिलो जित हो।
यो जितपछि आर्सनलको २ खेलमा ४ अंक भएको छ।
त्यस्तै पहिलो खेल जितेको पिएसजीले भने यस खेलमा लज्जास्पद हार बेहोरेको छ। पिएसजीका प्रशिक्षक लुइस इनरिकले अनुशासन उलंघन गरेको भन्दै यस खेलमा आफ्ना प्रमुख खेलाडी ओसमान डेम्बेलेलाई टिम बाहिर राखेका थिए । पिएसजीको यो हारपछि २ खेलमा ३ अंक रहेको छ।
अब आर्सनलले अक्टोबर २३ मा शख्तर डोनेटस्कसँग खेल्ने तालिका छ भने पिएसजीले पीएसभीसँग खेल्ने तालिका रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया